दशैं किनमेलका लागि भैरहवा नाकाबाट दैनिक ३ करोड रूपैयाँ भारततर्फ

काठमाडाैं : नेपाली बजारमा भन्दा सस्तो मूल्यमा सामान पार्इने भएपछि रूपन्देहीको भैरहवा नाकाबाट दैनिक ३ करोड रूपैयाँ भारततर्फ खर्च भर्इरहेको देखिएको छ । 

सिमावर्ती भारतीय बजार सुनाैलीमा भन्दा नेपालको भैरहवा बजारमा सामानको भाउ महंगो भएपछि उपभोक्ताहरू किनमेलका लागी भारतीय बजारतर्फ अाकर्षित भएका हुन् । नेपाली ग्राहकहरू अत्याधिक मात्रामा गएपछि भारतको सुनाैली बजार भीडभाडमय बन्ने गर्छ, तर नेपालतर्फको भैरहवा बजार भने दशैंको बेलामा पनि सुनसान देखिन्छ । 

नवलपरासी, पाल्पा, गुल्मी, अर्घाखाँची लगायतका जिल्लाबाट समेत दाल, चिनी, तेल, चियापत्ति, साबुन, कपडा, भाँडाकुँडालगायत दैनिक उपभोग्य सामग्री लिन नेपालीहरू भारतीय बजार सुनाैली पुग्ने गरेका छन् । 

नेपालतर्फको बजारमा चाडबाडका बेला अत्याधिक कालाबजारी र मिसावट हुने हुँदा भारतीय बजारतर्फ किनमेल गर्न उपयुक्त देखिएको ग्राहकहरूले बताउने गरेका छन् । मधेश अान्दोलनका कारण वीरगञ्जबाट भैरहवा सरेको ब्यापार ट्रेन्ड अहिले भारतीय सुनाैली बजारमा केन्द्रित भएको छ । अहिले सुनाैली बजारमा अाउने ग्राहकमध्ये ९५ प्रतिशत नेपाली हुने गरेका छन् । 

सुनाैली मात्र नभर्इ ८ किलोमिटर टाढाको नाैतनवा बजारसम्म नेपाली उपभोक्ताहरू सामान खरिदका लागी पुग्ने गरेका छन् । चिनी अायातमा रोक लगाएसँगै नेपालतर्फ भाउ बढेका कारण पनि नेपालीहरू भारतीय बजारमा किनमेलका लागी जाने गरेका छन् । 

चिनी सस्तो भएपनि सुनाैलीका ब्यापारीले पनि अन्य सामानमा नेपाली ग्राहकलार्इ ठग्ने गरेको गुनासो भने बढिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?