माथिल्लो तामाकोशीले सर्वसाधारणका लागि सेयर निष्काशन गर्ने

काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले कात्तिक १५ गतेदेखि सर्वसाधारणका लागि सेयर निष्काशन गर्ने भएको छ ।

दोस्रो चरणको साधारण सेयर अन्तर्गत सर्वसाधारणका लागि १ करोड ५८ लाख ८५ हजार कित्ता सेयर निष्काशन गर्न लागिएको हो ।

प्रतिकित्ता सय रुपैयाँ दरका २ करोड ६४ लाख ७५ हजार कित्ता सेयर मध्ये पहिलो चरणमा दोलखाका खायोजना प्रभावितका लागि १ करोड ५ लाख ९० हजार कित्ता सेयर निष्काशन गरिएको थियो जसको लागि साउन १६ देखि भदौ २१ गतेसम्म आवेदन भर्ने समय थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?