सुनको मूल्यमा वृद्धि

काठमाडौं । बजारमा आज सुन ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिनको तुलनामा २ सय रुपैयाँले बढेको हो । 

अघिल्लो दिन आइतबार सुनको मूल्य ५९ हजार ८ सय रुपैयाँ थियो । 

यसैगरी तेजावी सुन ५९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यसैबीच आज चाँदीको मूल्य तोलमा ७ सय ५० रुपैयाँ भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?