महोत्तरीबाट अवैध लागूऔषधसहित ३ जना पक्राउ

महोत्तरी । प्रहरीले महोत्तरीबाट अवेध लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय महोत्तरीले नाइट्रोभ्याट दुई सय २५ पीस, स्पास्मो ९६ पीस, डाईजीपाम ईन्जेक्सन ३० पीस, नोफिम ईन्जेक्सन ३० पीस, फेनागन ईन्जेक्सन ३० पीससहित उनीहरुलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा सम्सी गाउँपालिका २ बस्ने ३५ वर्षका मोहमद सफिल उल रहमान, पिपरा गाउँपालिका ६ रतौली बस्ने श्रवणकुमार मण्डल र अभिषेक भन्ने राममिलन मण्डले रहेका छन् ।

ओसारपसार तथा दुव्र्यसन विरुद्ध जिल्ला प्रहरी कार्यालय महोत्तरीद्वारा संचालित विशेष अभियान अन्तर्गत उनीहरु पक्राउ परेका जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?