‘एपीएल’ क्रिकेटको डेब्यु खेलमा सन्दीपले लिएर २ विकेट

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेले संयुक्त अरब इमिरेट्स ‘युएई’ मा जारी  अफगानिस्तान प्रिमियर लिग ‘एपीएल’मा दुई विकेट लिएका छन् । 

नेपाली टिमका लेग स्पिनर सन्दीपले डेब्यु खेलमा नै दुई विकेट लिन सफल भएका हुन् । उनले आइतबार राति पक्टिया प्यान्थर्सविरुद्धको खेलमा डेब्यु गरे । केही दिन अगाडि मात्र मलेसियामा सम्पन्न भएको आईसीसी विश्व टी-२० एशिया क्लालिफायरको समूह ‘बी’को खेल प्रश्चात उनी युएई पुगेका हुन् ।

उनले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिएका थिए । 

उक्त खेलमा भने सन्दीपको टिम पक्टिया प्यान्थर्ससँग ७ विकेटले पराजित भएको थियो । लिओपार्डसले दिएको १ सय २७ रनको लक्ष्य लिएर मैदानमा ब्याटिङ गरेको प्यान्थर्सले निर्धारित लक्ष्य १४ दशमलब ४ ओभरमा मात्र ३ विकेटको क्षतीमा पुरा गरेको थियो । 

प्यान्थर्सका कप्तान मोहमद शाहजादले अविजित ७८ रन जोडे  । यस्तै इह्सनुल्लाह जनतले २५ तथा समिउल्लाह शेनवारीले अविजित १९ रन जोडे । लिओपार्डसका सन्दीपले २ र मुजिब उर रहमानले एक विकेट लिए । 

जितपछि प्यान्थर्स ६ खेलबाट ८ अंकका साथ  लिगको दोस्रो स्थानमा उक्लिएको छ । पराजित लिओपार्डस ७ खेलबाट ४ अंक जोड्दै चौंथो स्थानमा छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?