तीन भरुवा बन्दुकसहित पाँच पक्राउ

कञ्चनपुर–शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका वन सुरक्षाकर्मीले आज बिहान तीन भरुवा बन्दूकसहित पाँच जनालाई पक्राउ गरेको छ ।

निकुञ्ज कार्यालयका अनुसार पक्राउ पर्नेमा शुक्लाफाँटा नगरपालिका –३ जोनापुरका कृष्ण चौधरी, वीरबहादुर चौधरी, दिलबहादुर चौधरी, रमेश चौधरी र अनिल चौधरी छन् ।
 अभियुक्तबाट तीन भरुवा बन्दुक, त्यसमा लाग्ने गोली र बारुद बरामद गरिएको निकुञ्जका निमित्त कार्यालय प्रमुख गोपालबहादुर घिमिरेले बताए ।

“निकुञ्जभित्रको क्षेत्रमा बाघ गणनाका लागि राखिएको क्यामेरामा दुई जना बन्दुकसहित देखिएका थिए”, कार्यालय प्रमुख घिमिरेले भने, “त्यसै बेलादेखि निगरानी राख्दै आएका थियाँैं । क्यामरामा देखिएका उनीहरु भागेर भारततर्फ गएका थिए । दशैंँका लागि घर आएका बेला छापा मारेर तिनलाई पक्राउ गरिएको छ ।” अभियुक्त पाँचै जनालाई निकुञ्जको मझगाउँस्थित कार्यालयमा राखिएको छ । पक्राउ परेकामाथि वन्यजन्तु चोरी शिकारसम्बन्धी मुद्दा चलाइने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?