सन्ध्या जोशीले ल्याइन् नयाँ गीत (भिडियो)

काठमाडौं । गायक भीषण शाही र सन्ध्या जोशीले नयाँ गीत बजारमा ल्याएका छन् । गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

‘मेरो फोटो खिच न’ बोलको गीतमा भीम बिसीको शब्द र संगीत रहेको छ भने गणेश चौधरीले संगीत संयोजन गरेका छन् । यस्तै गीतको भिडियोमा पर्वत राईले निर्देशन गरेका छन् ।

गीतको भिडियोलाई ड्रिम रेकर्डिङ स्टुडियोमा तयार पारिएको हो । यस्तै गीतमा विष्णु ठकुरीको कोरियोग्राफी र अमित चौधरीको सम्पादन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?