चलचित्र ‘गुप्त’ को छायांकन सकियो

काठमाडौं । चलचित्र ‘गुप्त’ तयार भएको छ । मनसुन फिल्मसको ब्यानरमा यो फिल्म तयार पारिएको छ । पूर्वी नेपालको मोरङमा छायांकन सकेर पोस्ट प्रोडक्सनमा पुगेको फिल्म सस्पेन्स हरर थ्रीलर भएको निर्माण टीमले जनाएको छ ।

बलिउड कलाकार नाफे खानको मुख्य अभिनय रहने फिल्ममा प्रायः कलाकार नयाँ अनुहार छन् । फिल्ममा सुष्मा कार्की, सन्दीप सिग्देल, निभा अधिकारी लगायतले फिल्ममा मुख्य भूमिका निभाएका छन् ।

राज रोयले निर्देशन गरेको यो फिल्मलाई दिपेन्द्र अग्रवाल र मिता मुरारले निर्माण गरेका हुन् । फिल्मको कथा रोयले लेखेका हुन् ।

मंसीरको अन्तिम साताबाट प्रदर्शनमा आउने भनिएको फिल्म युवापुस्ताको कथामा बनेको निर्माण टिमले बतायो । चलचित्रमा रणधीर श्रेष्ठको छायांकन र शक्ति प्रज्जलको सम्पादन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?