काठमाडौं । सामाजिक सञ्जाल कम्पनी मेटाले र्यापर कान्ये वेस्टलाई इन्स्टाग्राम प्रयोगमा प्रतिबन्ध लगाएको छ ।
मेटाले उनको इन्स्टाग्राम एकाउण्टमा भएको पोस्ट पनि हटाइदिएको छ । यद्यपि उनको इन्स्टाग्राम खाता भने अझै देखिएको छ । कुनै प्रयोगकर्ताले आफ्नो नीतिलाई बारम्बार उल्लंघन गरेमा मेटाले उसको एकाउण्टमा प्रतिबन्ध लगाउँछ ।
मेटाले कान्येले पोस्ट गरेको कुन सामाग्रीका लागि प्रतिबन्ध लगाएको हो भन्ने केही जानकारी दिएको छैन । उसले कति समयसम्म प्रतिबन्ध लगाउने हो भन्ने पनि खुलाएको छैन ।
कान्येले हालैमात्र केही सन्देशको स्किृनसटलाई इन्स्टाग्राममा पोस्ट गरेका थिए, जुन पोस्टलाई इन्स्टाग्रामले हटाइदिएको छ । कान्येले यो सन्देश अर्का र्यापर डिडीलाई पठाएका थिए । सन्देशमा यहुदीलाई लिएर केही टिप्पणी गरिएको थियो ।
कान्येले यसअघि पनि इन्स्टाग्राममा प्रतिबन्धको सामना गर्नु परेको थियो । मार्चमा र्यापरको इन्स्टाग्राम २४ घण्टाका लागि निलम्बन गरिएको थियो । कान्येमाथि इन्स्टाग्राममा अभद्र भाषा, उत्पीडन र नस्लीय टिप्पणी गरेको आरोप लागेको थियो ।
एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया