आजदेखि ‘जय भोले’

काठमाडौं । फुलपातीको अवसर पारेर चलचित्र ‘जय भोले’ आज (मंगलबार)देखि प्रदर्शनमा आएको छ । अशोक शर्माले निर्देशन गरेको यो फिल्म डार्क कमेडी जानराको फिल्म हो ।

अघिल्लो हप्ता रिलिज भएको चलचित्र ‘छक्का पञ्जा ३’ पनि कमेडी थियो । कमेडी सिनेमाको बजार विस्तार भएकाले ‘जय भोले’ टीमले पनि चलचित्र दर्शकले रुचाउने विश्वास व्यक्त गरेको छ ।

नयाँ तथा पुराना कलाकारलाई लिएर निर्माण गरिएको यो फिल्ममा सौगात मल्ल, खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, बुद्रिध तामाङ, सलोन बस्नेत लगायतका कलाकार मुख्य भूमिकामा छन् । चलचित्र दुई साथीको कथामा आधारित छ ।

खगेन्द्र लामिछानेले लेखेको यो फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन रहेको छ । चलचित्रलाई किरण शर्मा, कृति शर्मा र अंकित शर्माले निर्माण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?