टेक्सास । टेक्सासको ड्यालासमा नेपाली युवाहरुले फरक शैलीमा दशैँ मनाएका छन् ।
नेप स्टार अफ डिएफडब्लुको औपचारिक उद्घाटनको अवसरमा युवाहरुले भलिबल प्रतियोगिता तथा नाचागान गरेर दशैँलाई स्वागत गरेका छन् । नेपालको विभिन्न जिल्लाबाट आई ड्यालासमा बसोबास गर्ने खेल प्रेमी युवाहरुको सक्रियतामा खोलिएको क्लब नेप स्टार अफ डिएफडब्लुको आइतवार एक भव्य कार्यक्रमका बीच औपचारिक उद्घाटन गरिएको हो ।
शनिवार विभिन्न ९ वटा समुहबीच भएको भलिबल प्रतियोगिता भएको थियो भने आइतवार विजयीहरुलाई पुरस्कार वितरण तथा विभिन्न चर्चित कलाकारहरुको प्रस्तुती सहितका कार्यक्रमहरु राखिएको थियो । शनिवार भएको भलिबल प्रतियोगितामा नेपालका चर्चित भलिबल खेलाडि कैलाश भट्ट, सिपोरा गुरुङ्ग लगायतको रेफ्रिमा खेल सम्पन्न भएको थियो ।
आइतवार भएको औपचारिक कार्यक्रम क्लबको अध्यक्ष नारायण क्षेत्रीको सभापतित्व र एनआरएन अमेरिकाका वरिष्ठ उपाध्यक्ष सुनिल शाहको प्रमुख आतिथ्यता तथा साईबर सेक्युरेटी विज्ञ विजय कार्की, नेपालका अन्तर्राष्ट्रिय खेलाडि कैलाश भट्ट, सिपोरा गुरुङ्ग, चर्चित कलाकार नारायण त्रिपाठी, भिम चापागाई, नेजाका उपाध्यक्ष बिकास न्यौपाने लगायतको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो । प्रथम हुने नेपस्टार ब्लुले १५ सय डलर सहित मेडल प्राप्त गरेको थियो भने दोश्रो हुने भुपु नेपाली टिमले नगद ८०० सय सहित मेडल प्राप्त गरेको थियो ।
पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएन अमेरिकाका वरिष्ठ उपाध्यक्ष सुनिल साहले अमेरिकामा आएर पनि भलिबल प्रतियोगीता लगायतका कार्यक्रम गरेर दशैँ मनाउने कार्य गरेकोमा आयोजक क्लबको प्रशंसा गरेका थिए ।
एनआरएन अमेरिका युवाहरुले शुरु गरेको यस संस्थासँग हातेमालो गर्दै अगाडि बढ्ने समेत बताए । त्यस्तै नेपालका चर्चित खेलाडि कैलाश भट्टले आफु बाध्यतावस अमेरिकामा आए पनि नेपाली खेलकुद र अमेरिकामा आएका युवाहरुले गर्ने भलिबल खेललाई सदैव माया गर्ने बताए । भट्टले आफुहरु जहाँ रहे पनि नेपाली खेलकुद क्षेत्रले विकास गरेको हेर्न चाहेको बताए । कार्यक्रममा बोल्दै नव गठित क्लबका अध्यक्ष नारायण क्षेत्रीले आफुहरु समुदायमा अर्को कुनै नयाँ संस्थाको रुपमा संख्या थप्न मात्र नभई केहि नया काम गर्दै समाजलाई थप मजबुत बनाउने महान् उद्देश्यका साथ क्लब शुरु गरेको बताए । क्षेत्रीका अनुसार क्लबले समाजको हितका लागि विभिन्न कार्यक्रमहरु गर्दै अगाडि बड्ने योजना लिएको छ ।
कार्यक्रममा नेपालबाट अमेरिकामा आएका वृद्धदेखि वयस्क बालक सबै नेपाली पञ्चेबाजामा रमाएका देखिन्थे । नेप स्टार डिएफ डब्लु क्लबले स्थापना गर्दा नै दुई सय भन्दा धेरै साधारण सदस्य लिएर स्थापना भएको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया