३१ वर्षपछि इंग्ल्याण्डद्वारा स्पेन पराजित

एजेन्सी । युइएफ नेसन्स लिग फुटबल अन्तर्गत इंग्ल्याण्ड विजयी भएको छ । 

सोमवार राति सम्पन्न भएको खेलमा समूह ‘डी’को खेलमा स्पेन इंग्ल्याण्डसँग ३-२ गोल अन्तरले पराजित भएको हो । इंग्ल्याण्डका लागि रहिम स्टरलिङले ह्याट्रिक गरे ।

खेल शुरु भएको १६ मिनेट पनि बित्न नपाउँदै इंग्ल्याण्डका लागि स्टरलिङले पहिलो गोल गर्दै टिमलाई शुरुवाती अग्रता दिलाए । त्यस्तै २९ औँ मिनेटमा उनले दोस्रो गोल गरे । एक पक्षिय रहेको खेलको ३८ औँ मिनेटमा स्टरलिङले गोल गर्दै ह्याट्रिक पुरा गरे । उनले ३ वर्षपछि राष्ट्रिय टिममा गोल गर्न समेत सफल भए । 

खेलको पहिलो हाफसम्म ३-० गोल अन्तरले पछाडि रहेको स्पेनले दोस्रो हाफमा दुई गोल गरे पनि त्यो जीतको लागि प्रयाप्त भएन् । 

खेलको ५८ औँ मिनेटमा पाको अल्कासेरले दुई गोल खेललाई ३-१ को स्थितीमा पुर्‍याए । प्रतिस्पर्धात्मक बनेको खेल सकिनै लाग्दा स्पेनका सर्जियो रामोसले गोल गरे ।

सन् १९८७ पछि स्पेनको घरेलु मैदानमा इंग्ल्याण्डले जितेको यो पहिलो खेल हो । जितपछि ४ अंक बनाएको इंग्ल्याण्ड दोस्रो स्थानमा छ भने ६ अंकका साथ स्पेन पहिलो स्थानमा छ । 

त्यस्तै सोमवार राति नै भएको अर्को खेलमा बोस्निया एण्ड हर्जगोभिनाले नर्दन आयरल्याण्डलाई २-० गोल अन्तरले हराउन सफल भयो । हर्जगोभिनाका लागि एडिन डेज्कोले दुई गोल गरे । उनले खेलको २७ औँ र ७३ औँ मिनेटमा दुई गोल गरेका थिए ।

समुह ‘जी’मा रहेको हर्जगोभिना ९ अंकका साथ पहिलो स्थानमा छ । नर्दन आयरल्याण्डले भने अहिले सम्म अंकको खाता नै खोल्न सकेको छैन । 

यता स्विट्जल्याण्डले आइसल्याण्डलाई २-१ गोल अन्तरले हरायो । लक्जमवर्गले सान मारिनोलाई ३-० गोल अन्तरले तथा फिनल्याण्डले ग्रिसलाई २-० गोल अन्तरले पराजित गर्‍यो ।

इस्टोनिया र हंगेरीबीचको खेल भने ३-३ गोलको बराबरीमा सकिएको छ । बेलारुषले माल्डोभालाई गोल रहित बराबरीमा रोक्न सफल भयो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?