नेपाली रग्बी खेलाडीसहितको टोलीलाई बिदाई

काठमाडौं । यहि शनिवारदेखि ब्रुनाईमा हुने एशिया महिला सेभेन ट्रफी च्याम्पियनसिपमा सहभागी हुने रग्बी खेलाडीसहितको टोलीलाई बिदाई गरिएको छ । 

खेलाडीसहितको टोलीलाई प्रदेश नं. ३ को उपसभामुख राधिका तामाङले बिदाई गरिन् । उनले खेलाडीहरुलाई जर्सी समेत प्रदान गरेकी थिइन् ।

नेपाल रग्बी संघका अनुसार प्रतियोगितामा नेपाल सहित आयोजक ब्रुनाई, भारत, पाकिस्तान, इन्डोनेसिया, फिलीपिन्स, ग्वाम,मलेसिया, लाओस र उज्वेकिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।

संघका अध्यक्ष टंकलाल घिसिङले यो प्रतियोगिताले अन्तर्राष्ट्रिय रग्बी टिमलाई थप बलियो बनाउने जानकारी दिए । नेपाली टिमको प्रशिक्षकमा श्रीलंकाली प्रशिक्षक राधिका इसान रहेकी छिन् । त्यस्तै कप्तानमा एलिसा थापा, उपकप्तानमा सिर्जना राई रहेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?