‘पीपीएल’को उद्घाटन खेलमा विराटनगर टाइटन्सले पोखरा पल्टनको सामना गर्ने

काठमाडौं । यहि कार्तिक ९ गते हुने पोखरा प्रिमियर लिग ‘पीपीएल’को उद्घाटन खेलमा विराटनगर टाइटन्स र पोखरा पल्टन भिड्ने भएका छन् । 

पोखराको मार्की खेलाडीमा शरद भेषावकर तथा विराटनगरमा सन्दीप लामिछानेलाई मार्की खेलाडीको रुपमा अनुबन्ध गरेका छन् । खेल यहि कार्तिक ९ गतेदेखि पोखरा रंगशालामा ११ बजेदेखि शुरु हुनेछ । 

लिग तालिकाको शीर्ष स्थानमा हुने टोलीले सिधै फाइनलमा स्थान बनाउनेछ । दोस्रो र तेस्रो स्थानको टोलीले फाइनलमा स्थान बनाउन छनोट खेल खेल्नेछन् ।

प्रतियोगितामा ६ टोली सहभागि छन् । फाइनल खेल कार्तिक २० गते हुनेछ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?