एन्फा अध्यक्ष शेर्पा र जेएफएका अध्यक्ष तास्हिवाबीच भेटवार्ता

काठमाडौं । अखिल नेपाल फुटबल संघ ‘एन्फा’का अध्यक्ष कर्मा छिरिङ शेर्पा र महासचिव इन्द्रमान तुलाधरले जापनिज फुटबल संघको भ्रमण गरेका छन् । 

]अध्यक्ष शेर्पा र महासचिव तुलाधरलाई जापनिज फुटबल संघका अध्यक्ष तास्हिवाले स्वागत गरेका थिए । एन्फा र जेएफएबीचको सम्बन्ध प्रगाढ बनाउन र दुवै देशबीचको फुटबल विकासको बारेमा छलफल गर्न शेर्पा र तुलाधार जापान पुगेका थिए । 

अध्यक्ष शेर्पा र महासचिव तुलाधरले जापानमा रहेको फुटबल म्युजिमको पनि अवलोकन गरेका थिए । उनीहरु दुवैले म्युजियममा जापानी फुटबलको इतिहास हेरेको बताइएको छ ।

जापान फुटबल संघको परिषरमा उनीहरुले युथ डेभ्लोमेन्ट, कोच एजुकेशन र ग्रासरुट डेभ्लोमेन्टको बारेमा पनि जानकारी लिएको बताइएको छ । साथै एन्फा अध्यक्ष शेर्पाले मित्सुविसी योवा स्पोर्टसले प्रशिक्षण गर्ने स्कुलको अवलोकन गरेका थिए । 

 

अध्यक्ष र महासचिवले कसरी कृतिम मैदानको व्यवस्थापन गर्ने भन्ने कुरामा चासो देखाएका थिए । उनीहरुले किरिन च्यालेन्ज कप अन्तर्गत जापान र उरुग्वेविचको खेल पनि हेर्नेछन् । जापान र उरुग्वेविचको खेल साइतामा स्टेडियम २००२ मा मंगलवार राति हुँदैछ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?