देशमा अराजक तन्त्र बढ्यो, कसैले टेरेनन् : नेता नेपाल

रौतहट । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युुनिष्ट पार्टीका बरिष्ट नेता माधव कुमार नेपालले प्रजातन्त्रको नाउमा देशमा अराजक तन्त्र बढेकाले कसैले कसैलाई नटेरेको टिप्पनी गरेका छन ।

बडादशैको अवसरमा नेकपाको रौतहटको आयोजनामा गृहजिल्ला रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न शुभ कामना आदान प्रदान कार्यक्रमका प्रमुख अतिथि नेता नेपालले उक्त टिप्पनी गरेका हुन  ।

देशमा घुस खोरी , जनताको काममा ढिला सुस्ती गर्ने जस्ता प्रबृती बढेकाले त्यसको खवरदारी गर्न सवै कार्यक्रताहरुलाइ उनले निर्देशन दिएका छन ।

बरिष्ठ नेता नेपालले मुलुक को बेहाल अवस्था आफुले टुलु टुलु हेरेर बस्न नस्कने भन्दै प्रधानमन्त्री केपी ओली लाइ हात मा डण्डा लिएर अगाडी बढ्न आग्रह गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?