बलिउडका महँगा निर्देशक

मुम्बई । बलिउड फिल्मले जहिलेदेखि सय करोडको व्यवसाय गर्न थाल्यो । त्यहीलेदेखि निर्माता निर्देशक आफ्नो हरेक फिल्म करोर्ड क्लवमा पुर्याउने रणनीतिमा लाग्न थाले । यो क्लबमा चलचित्र पुर्याउन अभिनेता र अभिनेत्रीबीच मात्र होड चलेन, निर्देशक पनि यो होडबाजीमा देखिए । चलचित्रले सय करोड कमाउन थालेपछि निर्देशक पनि आफुलाई महँगो रुपमा परिमार्जिन गर्न थाले । आज बलिउडका ति ५ निर्देशकको चर्चा गर्न खोजिएको छ । जो बलिउडका महँगा निर्देशक हुन् । 

कविर खान :


कबीर खान फिल्म निकै सानदार बनाउछन् । उनी धेरै पारिश्रमिक लिने निर्देशक पनि हुन् । उनी हरहमेसा आफ्नो फिल्मको बारेमा सोच्ने गर्दछन् । उनी निर्देशकको अलवा लेखन र छायाँकार पनि हुन् । कबिर एक बर्षमा ४०० करोड भन्दा बढी कमाउने निर्देशक पनि हुन् । 

रोहित शेट्टी :

रोहित पनि बलिउडका धनी निर्देशक बनेका छन् । उनलाई तीन चलचित्रले यो स्थानमा पुर्याएको हो । उनका फिल्म ‘चेन्नई एक्सप्रेस’, ‘दिलवाले’, ‘सिंघम स्क्रीन’ उनका महत्वपुर्ण फिल्मका उदाहरण हुन् । उनी बढी कमाउने निर्देशकमा पनि पर्दछन् । 

राजकुमार हिरानी :


हरेक फिल्ममा नैतिक सन्देश दिने राजकुमार हिरानीको बिषेशता नै हो । उनी फिल्म मार्फत युवा र किसोर दर्शकमा पुग्ने कोसिस गर्दछन् । उनले आमिर खानका साथ ३५० करोड भन्दा पनि बढी आम्दानीका लागि प्रेरणात्म फिल्म काम गरिरहेका छन् । 

अरबाज खान :


फिल्मबाट दर्शकको मन जित्ने निर्देशक हुन् अरबाज खान । जसको उदारण दबंगलाई लिन सकिन्छ । धेरै हिट फिल्म नदिए पनि उनी धेरै पारिश्रमिक लिने निर्देशकमा पर्दछन् । 

फरहान अख्तर र जोया अख्तर :


यी दुबैले बलिउडमा राम्रा फिल्म बनाएका छन् । फरहान र जोया दिदीभाइ हुन् । यी दुबै एकसाथ लोकप्रिय छन् । दर्शकको मनोरञ्जन ध्यानमा राखेर यी दुबैले फिल्म बनाउने गरेका छन् । उनका फिल्मले बलिउडमा एक नयाँ आयाम बनाएका छन् । यीनको फिल्म ‘दिल चाहता है’ र ‘जिन्दगी नामिलेगी दोबारा’ बलिउडमा सुपरहित साबित भयो । यी दुबै पनि बलिउडमा धेरै कमाउने निर्देशकमा पर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?