माइक्रोसफ्टका सहसंस्थापक पल एलेनको मृत्यु

काठमाडौं । माइक्रोसफ्टका सहसंस्थापक पल एलेनको ६५ वर्षको उमेरमा मृत्यु भएको छ । उनी क्यान्सरका बिमारी थिए । 

सन् १९७० को दशकमा एलेनले आफ्नो बाल्यकालको साथी बिल गेट्ससँग मिलेर माइक्रोसफ्टको स्थापना गरेका थिए । 

पछिल्लो समय उनी माइक्रोसफ्टबाट बाहिरिएर समाजसेवामा केन्द्रित भएका थिए । फोर्बका अनुसार एलेनको कुल सम्पती २०.३ अर्ब अमेरिकी डलर थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?