अमेरिकामा शिक्षाविद् दाहाल सुतेकै ठाउँमा मृत फेला

काठमाडौँ–शिक्षाविद्  भोलाप्रसाद दाहालको मृत्यु भएको छ ।
 ५१ वर्षीय दाहाल एक कार्यक्रमका लागि अमेरिका गएकामा  सोमबार राती होटलको कोठामा मृत अवस्थामा फेला परेको परिवारले जनाएको छ ।

राति होटलमा सुतेको अवस्थामा निधन भएको र उनको नाकबाट रगत बगेको पाइएकाले उनलाई हृदयाघात भएको अनुमान गरिएको छ ।
काठमाडौँ विश्वविद्यालयबाट शिक्षाशास्त्रमा विद्यावारिधि गरी शिक्षामा समाजवादी दृष्टिकोण र सुशासनका लागि वकालत गर्दै आएका उनी हाल त्यहाँ अध्यापनरत समेत थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?