काठमाडौ । नेपाल विद्युत प्राधिकरणले महसुल संकलन गर्ने काउन्टर शनिवार बन्द गर्ने भएको छ । भिडभाड कम गर्न भन्दै प्राधिकरणले शनिवार पनि काउन्टर सञ्चालन गर्दै आएको थियो ।
शनिवार सञ्चालन हुँदै आएको महसुल संकलन काउन्टर असोज ११ को निर्णयअनुसार कात्तिक १ गतेदेखि बन्द गरिने प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालय दरबारमार्गले सूचनामा जनाएको छ ।
शनिवार काउन्टर खोलिराख्न आवश्यक नदेखिएकोले बन्द गर्ने निर्णय गरिएको प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालय दरबारमार्गले सूचनामा जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया