भारतका दिग्गज राजनीतिज्ञ मुलायमसिंह यादवको निधन

लोकपथ
63
Shares

काठमाडौं । भारतका वरिष्ठ राजनीतिज्ञ मुलायमसिंह यादवको ८२ वर्षको उमेरमा निधन भएको छ । पूर्वसंघीय रक्षामन्त्री यादव १५ दिनदेखि दिल्ली नजिकैको एक निजी अस्पतालमा भर्ना भएका थिए । उनी उत्तर प्रदेशमा तीन पटकसम्म मुख्यमन्त्री बनेका थिए ।

उनको अवस्था बिग्रिएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो । उनका छोरा तथा राजनीतिक उत्तराधिकारी अखिलेश यादवले सोमबार बिहान उनको निधन भएको पुष्टि गरेका हुन् ।

विभिन्न दलका राजनीतिज्ञ, सार्वजनिक व्यक्तित्वहरू र सर्वसाधारणले भारतीय राजनीतिका दिग्गज यादवको मृत्युप्रति श्रद्धांजलि अर्पण गरेका छन् । यादव विगत केही वर्षदेखि बिरामी थिए र लगातार अस्पतालमा जाने गरेका थिए ।

उनी बहालवाल सांसद पनि थिए । तर, उनी धेरै सक्रिय थिएनन् र सार्वजनिक सभाहरूमा विरलै देखिन्थे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?