राधी विद्युतको हकप्रदमा मंगलबारसम्म आवेदन दिन सकिने

लोकपथ
28
Shares

काठमाडाैं । राधी विद्युत कम्पनीको हकप्रदमा आवेदन दिने म्याद अब दुई दिन मात्रै बाँकी छ । कम्पनीले आफ्ना सेयरधनीहरूलाई गत ५ असोजबाट हकप्रद सेयर बिक्री खुला गरेको छ ।

कम्पनीले चुक्तापुँजीको १ः१.४७५२ अनुपातमा हकप्रद बिक्री खुला गरेको हो । कम्पनीले ९५ करोड ३५ लाख ७६ हजार ९९ रुपैयाँ बराबरको हकप्रद निष्कासन गरेको छ । जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ९५ लाख ३५ हजार ७६०.९९ कित्ता हकप्रद आफ्ना सेयरधनीहरूका लागि जारी गरेको छ ।

धितोपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार यो हकप्रदमा २५ असोजसम्म बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?