काठमाडौं । ‘उडायो सपना सबै हुरीले’ गायक मुरलीधरले गाएको यो गित कुनै समय नेपालको रेडियोमा खुब घन्किन्थ्यो । यहि गित सुन्दै कति खेलाडीले खेल शुरु गरे, कतिले खेल जीवनको अन्त्य ।
गाँउदेखि शहर सबैतिर दशैँको रौनकता छाइसकेको छ । शहरमा बस्नेहरु दशैंँ मनाउन गाँउघर तिर गइसकेका छन् । कति बिदेशमा भएकाहरु अर्को वर्ष के होला यहि वर्ष धुमधामका साथ दशैं मनाउँछु भन्दै स्वदेश फर्किनेको लर्को पनि उत्तिकै छ । परिवारको सबै सदस्यहरुसँग भेटघाट हुने, रमाइलो गर्ने, आफ्नो क्षमता अनुसारको मिठो मसिनो खाने भएकोले पनि दशैंलाई नेपालीहरुले
विशेष चाडका रुपमा मनाउँछन् । तर, दशैंको मुखैमा भने नेपालीका अर्की पूर्व खेलाडी तथा प्रशिक्षक चन्द्रकला थापा भने बैदेशिक रोजगारीमा जाने तयारी गर्दैछिन् ।
उनले एक—एक पटक ओलम्पिक र एशियान गेम्स, दुई पटक विश्व च्याम्पियनसिप, दुई पटक एशियन च्याम्पियनसिप र दुई पटक दक्षिण एशियाली खेलकुद च्याम्पियनसिपमा सहभागिता जनाएकी थिइन् । १८ वर्षसम्म नेपाली खेलकुद क्षेत्रमा बिताएकी ओलम्पियन थापा हाल वैदेशिक रोजगारीमा जाने तयारी गरिरहेकी छिन् ।
उनले नेपाल पुलिसबाट राजिनामा दिएर वैदेशिक रोजगारीका लागि संयुक्त अरब इमिरेट्स ‘युएइ’ जान लागेको बताइन् ।
‘‘मैले यहि १९ गतेमात्र पुलिसमा राजिनामा दिएकी थिए, तर नेपाल पुलिसका प्रमुखले स्विकृत दिन मान्नु भएको थिएन । “तिमी यति राम्रो खेलाडी हौं, किन रोजगारीका लागि खाडी मुलुक जान्छौँ ?” आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रशिक्षक भएर काम गर भन्दै हुनुहुन्थ्यो । तर मैले आफ्नो भविष्यपनि त हेनैप-यो नी !’’ उनले लोकपथलाई बताइन् ।
उनले नेपाल पुलिस टिममा एथ्लेटिक्सको परिणाम खस्केको जानकारी दिइन् । ‘‘पुलिस टिमले पछिल्लो समयमा एथ्लेटिक्समा खासै राम्रो नजिता ल्याउन सकेको छैन ।
ओलम्पियन संगीना बैद्यबाट प्रेरित हुँदै तेक्वान्दोबाट खेल जीवन शुरु गरेकी चन्द्रकलाले फुटबल पनि खेलीन् । तर, उनको खेल जीवनको यात्रा भने एथ्लेटिक्समा गएर अडियो । उनले पुर्ण रुपमा नै ट्रायक एन्ड फिल्डमा नै आफ्नो खेल जीवनलाई अन्तिम रुप दिइन् ।
१४ वर्षसम्म १ सय र ४ सय मिटर दौडमा एकछत्र राज गरेकी चन्द्रकलाले पाँचौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पाँच स्वर्ण पदक जित्दै किर्तिमान समेत बनाएकी थिइन ।
‘‘मान्छेहरुले देख्दा ओहो सरकारी जागिर, यसमा धेरै छ, एउटा खेलाडीलाई खेल्नको लागि धेरै क्यालोरी चाहिन्छ, सिपाईको तलब २०,२२ हजार छ, अफिसर लेभलहरुको भने रासन सहित २५ /२६ हजार पुग्छ । हामीले खेल्नु र खान पनि त्यहि पैसाले छ, डाटइ किन्नै पुग्दैन् अनि नेपाली खेलकुदमा कसरी निरन्तरता लाग्न सकिन्छ ?’’ उनले लोकपथसँग दुखेसो पाखिन् ।
दुई वर्षदेखि नियमिय पुलिस टिमकी प्रशिक्षक रहेकी चन्द्रकला लामो समयसम्म विदेशमा नबस्ने पनि जानकारी दिइन् ।
‘‘केही वर्ष विदेश बसेर पैसा कमाउँछु, त्यसपछि नेपाल फर्केर जीवन बिताउँछु, यहि नै राम्रो खेलाडीहरुको उत्पादन गर्छु, पुलिस टिममा बसेर होस् वा राष्ट्रिय खेलकुद परिषद्मा आवद्ध भएर देशको लागि केही गर्ने भन्ने लक्ष्य थियो, तर त्यो सपना पुरा हुन सकेन्, मेरो पनि बाध्यताले गर्दा नै म वैदेशिक रोजगारीका लागि जान लागेकी हँु ।’’ उनले भनिन् ।
वैदेशिक रोजगारीका लागि खाडी मुलुक जाने उनी पहिलो खेलाडी हैनन् ।
यसअघि एथ्लेटिक्सकै राष्ट्रिय कीर्तिमानी खेलाडी केशरी चौधरी पनि आर्थिक अवस्था नाजुक भएकै कारण खेलकुदलाई चटक्कै माररे खाडी मुलुक गएकी थिइन् । उनीसँगै अरु खेलाडीहरु पनि वैदेशिक रोजगारीका लागि विदेशीने खेलाडीहरुको क्रम बढ्दो छ । चन्द्रकला वैदेशिक रोजगारीमा जाने एक प्रतिनिधि पात्र मात्र हुन् तर नेपालका प्रतिभावान खेलाडीहरुको वैदेशिक यात्राले नेपाली खेलकुद क्षेत्र कता जादैछ भन्ने सरोकारवालाहरुलाई प्रश्च चिन्ह पनि उठाएको छ ।
त्यसैले खेलाडीहरुलाई विदेशिन रोक्न नेपाल सरकार, खेलकुद परिषद् र सम्बन्धित निकायहरुले ध्यान दिन जरुरी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया