‘वर्ल्ड एक्स्पो २०३०’ आयोजनाका लागि हुने मतदानमा इटालीले माग्यो नेपालको समर्थन

लोकपथ
98
Shares

काठमाडौं । इटालीले ‘वर्ल्ड एक्स्पो २०३०’ रोममा आयोजना गर्नका लागि नेपालको समर्थन मागेको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपाल र भारतका लागि इटालीका राजदूत भिन्सेन्जो डे लुकाले नेपालको समर्थन मागेका हुन् ।

सन् २०३० मा वर्ल्ड एक्स्पो आयोजनाका लागि विश्वका पाँच मुलुकले उम्मेदवारी दिएका छन् । जसअन्तर्गत इटालीसँगै साउदी अरब, दक्षिण कोरिया, युक्रेन र रुस छन् । सन् २०२४ अक्टुबर २४ मा एक्स्पो आयोजनाका लागि निर्वाचन हुनेछ । पाँच मुलुकमध्ये एक मुलुकले ग्लोबल एक्स्पो गर्न पाउनेछ ।

इटालीले वर्ल्ड एक्स्पो आयोजनाका लागि फ्रान्सको पेरिसमा मूख्यालय रहेको अन्तर्राष्ट्रिय प्रदर्शनी ब्युरोमा उम्मेद्वारी दिएको थियो ।

उक्त ब्युरोले विश्वभर हुने अन्तर्राष्ट्रिय प्रदर्शनीको सुपरीवेक्षण र अनुगमन गर्नेछ । सो ब्युरोमा नेपाल लगायत १७० देश सहभागि छन् । त्यसैले इटाली लगायतका पाँच मुलुकले आफ्नो देशमा वर्ल्ड एक्सो गर्नका लागि बढीभन्दा बढी सदस्य मुलुको समर्थन जुटाउनुपर्ने हुन्छ । यदि इटालीले वर्ल्र्ड एक्सो गर्ने समर्थन पाएमा रोम सहरमा गर्ने योजना बनाएको लुकाले जानकारी गराए ।

रोम आफ्नो नामले नै विश्वको एक प्राचिन शहरको रुपमा स्थापित भइसकेको छ । जताततै एतिहासिक स्मारकहरु रहेको यो शहरलाई सम्पदाहरुकै राजधानी पनि भनिन्छ ।

विभिन्न समय र कालखण्ड अनुसार आफूलाई परिवर्तन गर्दै गएपनि रोमले आफ्नो कला, संस्कृति र सम्पदाको धरोहरलाई विश्वसामू अझ परिस्कृत रुपमा प्रस्तुत गर्दै गएको राजदूत लुकाले बताए । ‘त्यसैका कारण रोमको भ्रमणमा प्रत्येक बर्ष लाखौं पर्यटकहरु गइरहेको हुन्छन्,’ उनले भने, ‘रोमलाई यूरोपको सर्वाधिक ‘गिन बेल्ट’ भएको महानगर पनि मानिन्छ । यहाँका पार्क, सम्पदा र प्रकृतिलाई उचित तालमेल मिलाएर बनाइएको छ ।’

सम्पदा, प्रकृति, कृषि, प्रविधि आदि सबै क्षेत्रमा आफूलाई विश्वकै उत्कृष्ट शहरको रुपमा स्थापित हुँदै आएको रोमले आफ्ना सफलता अरुलेपनि अनुशरण गर्दा राम्रो हुने ठानेर सन् २०३० मा विश्वकै ठुलो प्रदर्शनी गर्न अग्रसर भएको भन्दै उनले नेपालको समर्थन मागेका हुन् ।

कार्यक्रममा रोम सहरका तस्बिर तथा भिडियो प्रदर्शनीसमेत गरिएको थियो । इटालीले नेपाललाई विभिन्न कालखण्डमा महत्वपूर्ण सहयोग गरेको हुनाले नेपालसँग इटालीले समर्थन माग्नु सामान्य रहेको इटालीका लागि मानार्थ महावाणिज्यदूत प्रतिमा पाण्डेले बताइन् । ‘नेपाललाई इटालीले भूकम्प, कोभिड महामारीको समयमा सहयोग गरेको छ,’ उनले भनिन्, ‘नेपालले इटालीलाई समर्थन गर्दा फाइदा नै हुन्छ ।

गतवर्ष यस्तै खालको एक्स्पो संयुक्त अरब एमिरेट्स (यूएई) ले आयोजना गरेको थियो । उक्त एक्स्पोका लागि नेपालले यूएईलाई समर्थन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?