नुवाकाेटका कैदीले विजयादशमी मनाए

नुवाकाेट–नुवाकोट कारागारका कैदीले एकापसमा टीका तथा जमरा लगाई विजयादशमी मनाएका छन् ।
विभिन्न मुद्धामा सो कारागारमा थुनामा रहेका १ सय ४१ जना पुरुष र २० जना महिला गरी १ सय ६१ जना कैदीले एकापसमा टीका तथा जमरा लगाउाका साथै तीन सय भन्दा बढी कैदीका आफन्तबाट टीका ग्रहण गरेका हुन् ।
 कारागारका आन्तरिक प्रशासन प्रमुख लुमडी कार्कीले कारागारमा रक्तदान र अन्य विभिन्न कार्यक्रम पनि गरिएको जानकारी दिए ।
दशैँ मनाइँदा कैदीहरुमा भाईचारा र सद्भाव वृद्धि भई कारागार सुधारमा समेत बल पुग्ने कारागार निमित्त प्रमुख रामराजा भण्डारीले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?