दशैंको टीकाको दिनदेखि किशोर वेपत्ता

काभ्रे–पाँचखाल नगरपालिका–६ तीनपिप्लेका पत्रकार राजकुमार मैनालीका १४ वर्षीय छोरा सम्राट बेपत्ता भएका छन् ।
 
सम्राट शुक्रबार बिहान ढुंगानाबेँसीस्थित नभप्रतिभा बोर्डिङ स्कूलमा साथीभाइ भेट्न गएकामा १० बजेसम्म पनि नआएपछि खोजबिन गर्दा कतै नभेटिएको मैनालीले बताए ।

स्थानीय प्रभातफेरी साप्ताहिकका सम्पादक रहेका मैनालीले भने, “बिहान साथी भेट्न हिँडेको छोरा टीकाको साइत भइसक्दा पनि नआउँदा खोजबिन ग¥यौँ अहिलेसम्म कतै भेटिएन ।” सम्राट नभप्रतिभा बोर्डिङ स्कूलमा कक्षा ६ मा अध्ययनरत छन् ।

जिल्ला प्रहरी कार्यालयले सम्राटको खोजीका लागि आज बिहानैदेखि प्रहरी पलिचालन गरिएको जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?