बेलायतकी नर्समाथि ७ जना शिशुको हत्या र १० को हत्या प्रयासको अभियोग

लोकपथ
14
Shares

लन्डन । बेलायतमा नवजात शिशुको वार्डमा कार्यरत एक नर्सलाई सात शिशुको हत्या र अन्य १० जनाको हत्या प्रयास गरेको अभियोगमा मुद्दा चलाइएको छ । उत्तरपश्चिम इंगल्यान्डस्थित चेस्टरको काउन्टेस अफ चेस्टर अस्पतालमा कार्यरत ३२ वर्षीया लुसी लेट्बी माथि उक्त मुद्दा चलाइएको हो ।

मुद्दामा लेट्बीले सन् २०१५ र जुन २०१६ को बीचमा पाँच बालक र दुई बालिकाको हत्या गरेको र अर्को पाँच बालक र पाँच बालिकाको हत्या प्रयास गरेको बताइएको छ । तर, उनले आफूमाथि लागेको उक्त आरोप अस्वीकार गर्दै आएकी छिन् ।

सन् २०१५ को मध्यदेखि १२ महिनामा दुई बालबालिकालाई इन्सुलिनको विष सेवन गराएको एउटा समीक्षामा देखाइएको उक्त मुद्दासँग सम्बन्धित वकिल निक जोनसनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?