एजेन्सी । टर्कीको स्तानाबुलस्थित साउदी वाणिज्य दूतावासमा पत्रकार जमाल खशोगगीको मृत्यु भएको पुष्टि भएको छ ।
साउदी अरेवियाको एउटा सरकारी टेलिभिजनले दुतावासभित्रै भएको झगडामा ज्यान गएको सर्वजनिक गरेको छ ।
साउदी अरबियाले पत्रकार खसोज्जी मारिएको सूचना पहिलोपटक स्वीकार गरेको हो ।
यसअघि साउदी अरबियाले खसोज्जी आफ्नो दूताावासबाटै सकुशल निस्किएको र त्यसपछिको अवस्थाबारे केही जानकारी नभएको दावी गर्दै आएको थियो ।तर टर्कीले साउदी दुतावासभित्रै खसोज्जीको हत्या भएको भन्दै छानविन थालेपछि साउदीमाथि अन्तराष्ट्रिय दबाब बढेको थियो ।
साउदी अरबियाले यो घटना प्रकरणमा देशको खुफिया एजेन्सीका उपप्रमुख अहमद अल असिरी र साउदी युवराज मोहमद बिन सलमानका वरिष्ठ सुरक्षा सहयोगी साउद अल कतानीलाई बर्खास्त गरेको बीबीसीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया