एजेन्सी । पञ्जाबस्थित अमृतसरमा दशहराको दिन ठूलो रेल दुर्घटना भयो । त्यस दुर्घटनामा रामलीला हर्न आएका धेरै मानिसको मृत्यु भयो । संयौ घाइते भएका छन् ।
भारतको अमृतसरमा दशहरे मेला (रावणबध) का दिन शुक्रबार भयानक रेल दुर्घटना हुन पुग्यो । यसक्रममा रामलीला हेर्न आएका कम्तीमा ५९ जनाको रेलले किचिएर ज्यान गयो ।
रावणवध हेर्नकै लागि केही आफ्नो बच्चा र कोही बाबुआमाका साथ पुगेका थिए ।
रावण बधसँगै आफ्नो जीवन लीलापनि समाप्त हुन्छ भन्ने कल्पनासम्म पनि गरेका थिएनन् , उनले । तर जे सोचिएको थिएन त्यै भइदियो अर्थात दलवीर सिंहले पनि ज्यान गुमाउन पुगे ।
दलवीर सिंह रावणवध कार्यक्रमका कुनै दर्शक होइनन् । उनले सो कार्यक्रममा रावणको भूमिका निभाएका थिए ।
रावणवध कार्यक्रम सकेर आफ्नो ८ महिनाका छोरा भेट्नका लागि उनी घरतर्फ जाँदै थिए । त्यतिबेला रेलको लिक छेउछाउमा दर्शकहरुको भीड थियो । जब उनी घरतर्फ केही पाइला सार्दै थिए त्यतिनै बेला उनले रेलको आवाज सुने ।
लगत्तै उनी रेलको लिकमा रहेका मानिसहरुलाई हटाउन लागिपरे । उनको अग्रसरताले कयौंले ज्यान बचाउन सफल भए । तर बिडम्बना उनी आफैं भने रेलले किचिएर मृत्युवरण गर्न पुगे ।
को हुन् दलबीर ?
२४ वर्षीय दलवीर सिंहले यसवर्ष रामलीलामा रावणको भूमिका निभाएका थिए । दशहरेको दिन जब दुर्घटना हुन पुग्यो त्यसबेला उनी रामलीलाबाट निस्केर रेलको लिक नजिकैबाट घरतर्फ जाँदै थिए । त्यतिनै बेला उनले जालन्धरतर्फबाट तीब्रगतिको रेल देखे र दौडदै लिक आसपासका सर्वसाधारणलाई हटाउन लागिपरे ।
उनको सन्देशसँगै कति भाग्न सफल भएपनि उनी आफैं भने लिकमा फस्न पुगे । घटनापछि उनकी आमाले भनेकी छिन् कि छोरा दलवीरले निकै बहादुरी काम गरेको छ । सिंह आफ्नी विधवा आमा, पत्नी र ८ महिनाका छोरालाई छाडेर सँधैका लागि बिदा भएका छन् ।
दलबीरको विधवा आमा, उनको श्रीमती र उनको ८ महिनाको छोरा छन् । दलबीरको श्रीमतीलाई सरकारी नोकरी दिनुपर्ने र दुर्घटनाको लागी जिम्मेवारहरूलाई सजाय दिनुपर्नेमा उनको परिवारको माग गरेका छन् ।
अमृतसर रेल दुर्घटना
भारतको उत्तरी राज्य पञ्जाबस्थित अमृतसर शहरमा रेल दुघृटना परि ६० जनाभन्दा बढीको मृत्यु भएको छ । पुत्ला जलाइन लागेको भिडको आवाजले रेल आफूतिर आउँदै गरेको नसुनेको बताएका छन्।
करिब सात हजार जना त्यो रावण दहन हेर्न भेला भएका थिए। जबकि त्यो ठाउँ दुई हजारभन्दा बढी मान्छे अटाउन नमिल्ने ठाउँ थियो।
रेल आउँदा लिकमै धेरै मान्छे बसेका थिए। कोही कोही रावण दहनको भिडियो मोबाइलबाट खिच्दै थिए। रावणको पुत्लामा आगो लगाउँदा मञ्चबाट मानिसहरुलाई पछाडि हट्न भनिएको थियो । त्यही कारण पनि धेरै मानिस पछाडि हटेर लिकमा पुगेका थिए ।
’ट्रेन निकै स्पीडमा आयो । ट्रेनले हर्न दिएको थिएन। त्यो ट्रेनले त्यहाँ उभिएका सबैलाई किच्यो।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया