साझा यातायातले विद्युतीय गाडी सञ्चालन गर्दै

काठमाडौं । साझा यातायातले ५ वटा विद्युतीय गाडी सञ्चालन गर्ने भएको छ ।

चिनियाँ कम्पनी ‘बिवाइडी’ले निर्माण गरेको उक्त ५ वटा विद्युतीय गाडी खरिदका लागि एडिबीले सहयोग गरेको हो ।

उक्त विद्युतीय गाडीको प्रधानमन्त्री केपी शर्मा ओलीले आजै उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । 

साझा यातायातले ५ वटा विद्युतीय गाडी ल्याउने भनिएका मध्ये २ काठमाडौं आइसकेको छ भने एउटा बाटोमा छ । त्यस्तै बाँकी दुई भने आउने प्रक्रियामा रहेका छन् ।

साझा यातायातको व्यवस्थामा रहने यी बसहरुले लुम्बिनी क्षेत्रमा गुड्ने छन् । 

चालकसहित २० सिट क्षमताका ती गाडीमा सिसि क्यामरा, उभिएर यात्रा गर्नेको लागि ह्याङगरलगायतका सुविधाहरु रहने छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?