विदेशी साझेदार भित्र्याउन युनार्इटेड फार्इनान्सले एफपीअो जारी गर्दै

काठमाडाैं : युनार्इटेड फार्इनान्सले विदेशी साझेदार भित्र्याउन एफपीअो जारी गर्ने भएको छ । विदेशी साझेदार भित्र्याउनका लागि युनार्इटेडले १९० रूपैयाँमा २१ लाख कित्ता संस्थापक समूहको एफपीअो जारी गर्ने बताएको छ ।

यही कात्तिक ३० गते बस्न लागेको कम्पनीको साधारणसभाले भारतको मुत्तूट फाइनान्स लिमिटेडलाई वैदेशिक रणनीतिक साझेदारको रुपमा भित्र्याउन प्रिमियम मूल्यमा संस्थापक समूहको एफपीओ जारी गर्ने विशेष प्रस्ताव पेश गर्दैछ । एफपीअो जारी गर्नका लागि कम्पनीले प्रबन्धपत्रको दफा समेत संशोधन गर्नेछ । 

साधारणसभामा कम्पनीका शेयरधनीलार्इ गत अार्थिक बर्षको अाम्दानीबाट ५.२६% नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पेश हुनेछ । कात्तिक १२ गतेसम्म कायम शेयरधनीले यो लाभांश प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?