म्याग्दी । विभागीय टिम एपिएफ, नेपाल पुलिस र बागमती प्रदेश नवा}F राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतको महिला भलिबलको दोस्रो दिनको खेलमा विजयी भएका छन् ।
म्याग्दीको बेनीस्थित खुल्ला मञ्च खेलमैदानमा भएको पहिलो खेलमा एपिएफले कर्णाली प्रदेश, बागमतीले प्रदेश नं १ र नेपाल पुलिस क्लबले लुम्बिनीलाई पराजित गरेका हुन् । तीनवटै खेल लगातार सोझो सेटमा सकिएको थियो । एपिएफले कर्णालीलाई ६–२५, २–२७ र ७–२५ को सोझो तीन सेटमा पराजित गरेको थियो ।
बागमतीले प्रदेश नं १ लाई १७–२५, १२–२५ र १२–२५ को सोझो तीन सेटमा पराजित ग¥यो । त्यस्तै नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशलाई १०–२५, ११–२५ र १९–२५ ले पछि पा¥यो ।
शुक्रबारको खेलमा एपिएफकी पवित्रा भट्ट, बागमतीकी सलिना बुढाथोकी र पुलिसकी लक्ष्मी चन्द्रले वुमेन अफ म्याचको उपाधि पाए । बिहीबार भएको उद्घाटन खेलमा गण्डकीले सुदूरपश्चिमलाई सोझो तीन सेटमा पराजित गरेको थियो । समूह विजेता बन्दै गण्डकी र नेपाल पुलिस क्लब क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।
शनिवार कर्णाली प्रदेश र त्रिभुवन आर्मी, मधेस प्रदेश र प्रदेश नं १ बीच प्रतिस्पर्धा हुनेछ । कात्तिक २ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिमको सहभागिता छ । लिग कम नकआउट, वेस्ट अफ फाइभ सिस्टममा खेलाइएको खेलका लागि चार वटा समूह बनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया