दशैंभर नेपाल टेलिकमबाट एक करोड १० लाख एसएमएस

काठमाडाैं : पछिल्ला दिनमा फेसबुक, र्इमो, ह्वाट्स्एप लगायत दर्जनाैं लोकप्रिय विधुतीय सामाजिक सञ्चालहरूबाट अाफन्तजनलार्इ लिखत र अावाजबाट सन्देश पठाउन सकिन्छ । यी सञ्जाल चलाउनका लागि नेपाल टेलिकमले अाकर्षक डाटा अफर पनि दिएकै थियो । 

तर, दशैंका अवसरमा नेपालीहरूले नेपाल टेलिकमको जिएसएम मोबार्इल नेटवर्कबाट मात्रै १ करोड १० लाख एसएमएस पठाए । सामाजिक सञ्चालहरू पर्याप्त नहुँदा र र्इन्टरनेट साविकमा महंगो हुँदा यसअघि चाडपर्वमा एसएमएसको बाढी नै लाग्थ्यो । तर, सञ्चाल र नेट सहज हुँदा पनि नेपालीहरूले एसएमएसमै माैलिक ढंगले शुभकामना र सन्देशहरू पठाउन रूचाएको देखिएको छ । 

अघिल्लो बर्षको दशैंमा ९० लाख एसएमएस सन्देशहरूमा मात्र अादानप्रदान भएको टेलिकमले जानकारी दियो । यो पाली भने फुलपातीदेखि द्वादशीसम्म टेलिकमबाट मात्रै १ करोड १० लाख वटा एसएमएस पठार्इएको छ । टेलिकमले यो पटकको दशैंमा ल्याएको एसएमएस, भ्वार्इसप्याक र डाटाप्याक अफरका कारण पनि बढी एसएमएस प्रवाह भएको टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए । 

यो पटक टेलिकमले एसएमएस सन्देश प्रवाह गर्दा उपभोक्ताले ब्यहोरिरहेको प्राविधिक समस्या समेत हटाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?