काठमाडौं । इभान टोनीको दुई गोल प्रेरित ब्रेन्टफोर्डले इंग्लिस प्रिमियर लिग फुटबलमा शुक्रबार राति ब्राइटनलाई २-० ले पराजित गरेको छ ।
खेलको २७औं मिनेटमा इभानले सुरुआत गोल गरे । दोस्रो गोल खेलको ६४औं मिनेटमा पेनाल्टी मार्फत गरे ।
जितसँगै १० खेलबाट १३ अंक जोडेको ब्रेन्टफोर्ड तालिकाको आठौं स्थानमा छ । पराजित ब्रेन्टफोर्ड ९ खेलबाट १४ अंकसाथ सातौं स्थानमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया