एजेन्सी । जारी ‘युइएफए’ च्याम्पियन्स लिग फुटबल अन्तर्गत बार्सिलोना र इन्टर मिलान आमने-सामने हुँदैछ ।
बुधवार राति हुने खेलमा चिरपरिचित प्रतिद्धन्दी स्पेनी क्लब बार्सिलोनाले इटालियन क्लब इनटर मिलानको सामना गर्न लागेको हो । कप्तान लियोनेल मेस्सी बिना नै मैदानमा उत्रिन लागेको बार्सिलाना इन्टर मिलानलाई हराउने रणनीतिका साथ मैदानमा उत्रदैछ ।
चोटका कारण मेस्सीले यो खेल नखेल्ने भएका हुन् । गत शनिवार सम्पन्न भएको सेभिल्लाविरुद्धको खेलका दौरान उनी घाइते भएका थिए । ला लिगा फुटबलमा खराब शुरुवात गरेको बार्सलोनाले च्याम्पियन्स लिगमा भने उत्कृष्ट खेल खेलिरहेको छ ।
समूह ‘बी’ को शीर्ष स्थानमा रहेको बार्सिलोनाले दुवै खेलमा जीत हात पारेको छ । यसअघि बार्सिलोनाले इंग्लिस क्लब टोट्नहयाम र पीएसभीलाई पराजित गर्दै ६ अंक बनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया