नगरी काम पुग्दैन खान साँझ र बिहान…(फोटोफिचर)

लोकपथ
42
Shares

काठमाडौं । मंसिर लाग्नै लाग्दा किसान पनि धान भित्र्याउने चटारोमा छन् । दसैँ मनाएर अहिले किसानको दैनिकी खेतमा नै बित्ने गरेको छ । दसैँको रमझम सकिएलगत्तै भक्तपुरको चाँगुनारायणका किसान पनि धान भित्र्याउन व्यस्त देखिन्छन् । प्रमुख बाली धान पाकेसँगै नेपाली किसान धान काट्न, चुट्न तथा थन्क्याउन व्यस्त भएका हुन् ।

मनसुन लम्बिएर भएको लगातारको वर्षाले धान भिजाएपछि काट्न भने केही समस्या भएको छ । अर्थात् यसपालि मनसुन ढिलासम्म रहेकाले पनि किसानले समयमै धान भित्र्याउन पाएनन्।

मौसमले साथ नदिए पनि किसानले ओभानो ठाउँको धान उठाउन थालेका छन् । मानोबाट मुरी भित्र्याउने बेला झरी पर्दा खेतमा धान लत्रिएको हुँदा किसानलाई केही अफ्ठ्यारो भने भएको छ । यद्यपि यस वर्ष समयमै वर्षा भएका कारण धानको उत्पादन बढ्ने अनुमान छ ।

चाँगुनारायणका किसानका खेतमा झुलेका पहेंलपुर धान स्याहार्न थालेका सर्वसाधारणका थप तस्बिरहरु :-

तस्बिर : निशान्त सिंह गुरुङ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?