च्याम्पियन्स लिग : साविक विजेता रियल म्याड्रिडद्वारा भिक्टोरिया पराजित

एजेन्सी । ‘युइएफए’ च्याम्पियन्स लिग फुटबल अन्तर्गत डिफेन्डिङ च्याम्पियन स्पेनी क्लब रियल म्याड्रिडले रसियन क्लब भिक्टोरिया प्लेजनलाई पराजित गरेको छ । 

आफ्नो घरेलु मैदान सान्टियागो बर्नावेउमा भएको समूहको तेस्रो खेलमा रियल म्याड्रिडले भिक्टोरियालाई २-१ गोल अन्तरले पराजित गरेको हो । खेल शुरु भएको ११ मिनेट पनि बित्न नपाउँदै रियलका लागि करिम बेन्जामाले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए ।

खेलको पहिलो हाफसम्म १-० गोल अन्तरले अगाडि रहेको रियल म्याड्रिडका लागि ५५ औँ मिनेटमा मार्सेलोले गोल गरे । प्रतिस्पर्धात्मक खेलको ७८ औँ मिनेटमा होरोसोभेस्कीले गोल गरे । त्यसपछि खेलमा थप गोल भएन र खेल रियल म्याड्रिले २-१ गोल अन्तरले जित्यो । जीतपछि रियल ६ अंक सहित समूह ‘जी’को पहिलो स्थानमा छ । 

त्यस्तै मंगलबार राति नै भएको अर्को खेलमा इटालियन क्लब रोमाले रसियन क्लब सिएसकेए मस्कोलाई ३–० ले पराजित गरेको छ । रोमाको जितमा  इडेन जेकोले २ तथा सेन्जिक अन्डरले एक गोल गरेका थिए । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?