काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष भलिबलमा विभागिय टोली एपीएफ क्लवले अपराजित यात्रालाई आइतबार पनि निरन्तरता दिँदै समूह विजेताको रुपमा क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको खेलमा एपिएफले सुदूरपश्चिम प्रदेशमाथि ३–० को सोझो सेटमा जित निकाल्दै अन्तिम आठमा प्रवेश गरेको हो ।
पहिलो सेट २५–१३ ले आफ्नो पक्षमा पारेको एपीएफले दोस्रो सेट २५–१८ ले जितेको थियो । तेस्रो सेट २५–१० ले जित हात पारेर एपीएफले अन्तिम आठमा आफ्नो स्थान पक्का गरेको हो ।
यस समूहबाट क्वाटरफाईनल पुग्ने अर्को टोलीको टुङ्गो भने सोमवार हुने सुदूरपश्चिम प्रदेश र एनआरएनए बीचको खेलपछि लाग्नेछ । लिग कम नकआउटको आधारमा भइरहेको प्रतियोगितामा एपीएफले शतप्रतिशत जितसँगै ६ अंक जोडेको छ ।
प्रतियोगितामा समूहका शीर्ष दुई टिम क्वाटरफाइनल पुग्नेछन् । पुरुष भलिबलको फाइनल कात्तिक ३ मा हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया