काठमाडौं । जापान सरकारले बिपी राजमार्गको पुनर्निर्माणका लागि अनुदान सहयोग गर्ने भएको छ।
जापान सरकारले बनेपा-सिन्धुली-बर्दिवास जोड्ने बिपी राजमार्ग पुनर्निर्माण गर्न नेपाललाई १ अर्ब ८ करोड रुपैयाँ अनुदान सहयोग दिने भएको हो ।
बिहीवार अर्थ मन्त्रालयका सचिव डा. राजन खनाल र नेपालका लागि जापानी राजदूत मिसामिची साइगोले सहयोग सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । कुल १ सय ६० किलोमिटरको बिपी राजमार्गमा वि.स.२०७२ को विनाशकारी भूकम्पले क्षति पुर्याएको थियो ।
जापान सरकारद्वारा निर्मित सो राजमार्ग पुनर्निर्माणको मा जुट्न लागेको हो । ‘जापान सरकारले नेपाललाई दिएको यो रकम अहिले सम्मकै सबैभन्दा ठूलो अनुदान सहायता हो’ राजदूत मिसामिची साइगोले भने ।
‘भूकम्पले बिपी राजमार्गको २० ठाउँमा क्षति पुर्याएको छ, यो राजमार्गको पुनर्निर्माणको काम अब छिट्टै शुरु गर्नेछौँ’ उनले थपे । साथै राजदुत साइगोले राजमार्गलाई पाँच भागमा बाँडेर पुनर्निर्माणको काम सम्पन्न गर्ने समेत जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया