घोडा चढेर राराको फन्को : मन्त्रमुग्ध पार्ने रारामा पर्यटक बढे

युवराज पंगाली ।
मुगुको रारा घुम्न जाने पर्यटकको लहर सुरु भएको छ ।

असोजदेखि मंसिरसम्म रारा अलोकन गर्न उपयुक्त मानिन्छ ।

हावापानी अनुकूल र आसपासका प्राकृतिक सम्पदाको दृश्यावलोकन गर्न सजिलो हुने भएकाले यो मौसम पर्यटकको रोजाइमा पर्ने गरेको हो ।
 

सडक अबरुद्ध भएपछि असारदेखि भदौसम्म सुनसान रारामा अहिले पर्यटकको चहलपहल बढदै गएको छ । हवाई उडान नियमित र वर्षाका कारण अबरुद्ध सडक खुलेपछि पर्यटकको चहलपहल बढेको हो ।

काठमाडौँ , भक्तपुर, लुम्बिनी, पोखरा, बुटवल, भैरहवा, विराटनगरलगायत जिल्लाबाट आन्तरिक पर्यटक सात दिनको प्याकेज बनाएर सडक मार्गबाटै रारा आएका छन् ।

असोजमा अमेरिकाबाट ६ र चीनबाट ९ जना बाह्य पर्यटक रारा भ्रमणमा आएको रारा राष्ट्रिय निकुञ्जले जनाएको छ । 
 

रारामा अहिले दैनिक डेढ सयभन्दा बढी आन्तरिक पर्यटक आउने गरेको छ । करिब दुई महिनासम्म खाली भएका रारा वरपरका होटल पर्यटकले भरिन थालेका छन् 

रारामा अहिले दैनिक डेढ सयभन्दा बढी आन्तरिक पर्यटक आउने गरेको छ । करिब दुई महिनासम्म खाली भएका रारा वरपरका होटल पर्यटकले भरिन थालेका छन् ।

निकुञ्जका खरिदार पृथ्वीलाल नेपालीका अनुसार कोणधारी जंगलले घेरिएको राराको छिनछिनमा फेरिने रूपले पर्यटकलाई रोमाञ्चित बनाउने गरेको छ ।

असला माछा र तीन सय प्रजातिका चरा पाइने रारामा अन्य बन्यजन्तुको समेत अवलोकन गर्न सकिन्छ ।

समुद्र सतहदेखि २९ सय २९ मिटर उचाइमा रहेको रारामा घुम्न आउने पर्यटक मुर्मा, झयारी, ताल्चा, माथि तुमसम्म पुगेर रमाउने गरेका छन् ।

राति ‘क्याम्प फायर’ गरेर नाचगान गर्दै रमाउने गरेको खरिदार नेपालीले जनाए ।

केही पर्यटक हुटुबाट घोडा चढेर दुई घण्टा टाढाको मुर्माटपमा पुग्ने गरेका छन् ।

मुर्माटपबाट सैपाल हिमाल, छायाँनाथ तीर्थस्थलसँगै आसपासका सात जिल्लाको दृष्यावलोकन गर्न सकिन्छ ।

राराबारे चीनको सिन्ह्वा न्युज एजेन्सीको टोलीले डकुमेन्ट्री निर्माण गरिरहेको सिन्ह्वाका ब्युरोचिफ सिन्पीङ झावले बताए ।

 
स्थानीयवासीले घोडापालन व्यवसाय सुरु गरेपछि पर्यटकलाई आसपासका क्षेत्रमा घुमघाममा सजिलो भएको छ । पर्यटक आउन थालेपछि मुर्मा, झयारी, टोप्ला, मुन्दुलगायत गाउँका स्थानीयवासीले करिव ६० घोडा रारा क्षेत्रमा सञ्चालन गरेका छन् ।

रारामा लगानीका लागि विदेशी लगानीकर्ता समेत आकर्षित भएको छायाँनाथ रारा नगरपालिका प्रमुख हरिजंग शाहीले बताए । उनका अनुसार चिनियाँ टोली धेरैपटक रारामा आएर अध्ययन गरी फर्किएका छन् ।

स्थानीयवासीले घोडापालन व्यवसाय सुरु गरेपछि पर्यटकलाई आसपासका क्षेत्रमा घुमघाममा सजिलो भएको छ ।

पर्यटक आउन थालेपछि मुर्मा, झयारी, टोप्ला, मुन्दुलगायत गाउँका स्थानीयवासीले करिव ६० घोडा रारा क्षेत्रमा सञ्चालन गरेका छन् ।

व्यवसायीले ताल्चादेखि रारासम्म दुई हजार, ताल वरपर घुम्न पाँच सय र मुर्माटपसम्म पुग्न एक हजार पाँच सय रुपैयाँ शुल्क लिने गरेका छन् ।
रारामा इन्टरनेटको सुविधासमेत थपिएको नगर प्रमुख शाहीले बताए।

इन्टरनेटले पर्यटकलाई सहज बनाएको डाँफे गेस्ट हाउसका प्रबन्धक बलीराज शाहीले बताए ।

उनका अनुसार दुई वर्षयता रारामा आधा दर्जन म्युजिक भिडियोसमेत सुटिङ भइसकेका छन् ।

पहिलोपटक रारा आएका अमेरिकी पर्यटक माइक सोलानले फरक अनुभूति संगालेको बताए ।

उनले सुविधायुक्त होटल, विद्युतलगायत सुविधा नहुनु सरकारको कमजोरी रहेको जनाए ।

रारामा एक दर्जन होटेल सञ्चालनमा छन् । सबै होटेल आन्तरिक पर्यटकका लागि उपयुक्त भए पनि बिदेशीका लागि सुविधायुक्त छैनन् ।

रारामा एक दर्जन होटेल सञ्चालनमा छन् ।

सबै होटेल आन्तरिक पर्यटकका लागि उपयुक्त भए पनि बिदेशीका लागि सुविधायुक्त छैनन् ।

राम्रो होटेल र बस्ने व्यवस्था नहुँदा रारा आएका विदेशी दुई ÷तीन दिनभित्रै फर्किने गरेका छन् ।

भिलेज हेरिटेज रिसोर्टका प्रबन्धक दिपक रावतले पर्यटकका लागि अर्गानिक खानाको व्यवस्था गरिएको बताए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?