लगातार दोस्रो दिन सेयर बजारमा गिरावट

लोकपथ
21
Shares

काठमाडौं । साताको पहिलो दिन हिजो (आइतवार) ९ दशमलव ६९ अंकले घटेको सेयर बजार दोस्रो दिन आज (सोमवार) पनि ओरालो लागेको छ । आज नेप्से परिसूचक २ दशमलव ६१ अंकले घटेर १ हजार ८ सय ५८ दशमलव ३३ को विन्दुमा पुगेको छ ।

आज बैैकिङ्ग, उत्पादन, होटल तथा पर्यटक, नन लाईफ इन्सोरेन्स लगायतका क्षेत्रमा हरियाली छाएको छ भने विकास बैंक, हाइड्रो पावर, फाइन्यान्स लगायतका क्षेत्र राताम्य छन् ।

नेप्से सूचक सामान्य अंकले घट्दा आज २ सय १९ कम्पनीको सेयर कारोबार भएको छ । कुल १६ लाख ३१ हजार ३ सय ४९ कित्ता सेयर कारोबार हुँदा कारोबार रकम भने ५१ करोड ५८ लाख १८ हजार ९ सय ९० रुपैयाँ पुगेको जनाएको छ । आज कुल सेयर लेनदेने १३ हजार ६ सय ९ को भएको छ ।

उता, सेनसेटिभ तर्फ भने शून्य दशमलव २० को सामान्य वृद्धि भएको छ । योसँगै सेनसेटिभ विन्दु ३ सय ६५ दशमलव ६२ पुगेको छ । आज पनि अभियान लगुवित्तको धेरै कारोबार भएको छ भने पिपुल्स पावर लिमिटेडको कारोबार सबैभन्दा कम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?