फिफा वरियतामा नेपाल एक स्थान तल झर्‍यो, बेल्जियम शिर्ष स्थानमा

एजेन्सी । फिफा वरियतामा नेपाल एक स्थान तल झरेको छ । 

फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल एक स्थान तल झरेको हो । फिफाले बिहीवार सार्वजनीक गरेको वरियतामा नेपाल एक स्थान तल झदै १ सय ६१ औ स्थानमा छ ।

दक्षिण एशियाली राष्ट्रहरुमा नेपाल भन्दा माथि रहेको माल्दिभ्स १ सय ५१ र भारत ९७ औँ स्थानमा छ ।

त्यस्तै भुटान १ सय ८८ औँ स्थानमा, बंगलादेश १ सय ९४ औँ स्थानमा तथा पाकिस्तान १ सय ९९ औँ स्थानमा छ । श्रीलंका २ सय १ औँ स्थानमा छ ।

यता बेल्जियम भने पहिलो स्थानमा छ । विश्वकप विजेता फ्रान्स दोस्रो स्थानमा, ब्राजिल तेस्रो, क्रोएशिया चौँथो तथा इंग्ल्याण्ड पाँचौ स्थानमा छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?