काठमाडौं । रियल मडिडका फरवार्ड एवम स्टार करिम बेन्जिमाले विश्व प्रसिद्ध बालोन डि ओरको अवार्ड जितेका छन् । गत सिजन गरेको प्रर्दशनका आधारमा फ्रान्सेली खेलाडी बेन्जिमाले बालोन डि ओरको अवार्ड जितेका हुन् ।
उनी पहिलो पटक विश्वको उत्कृष्ट वर्ष खेलाडी चुनिएका छन् । बेन्जिमाको ४६ खेलमा ४४ गोलको सहयोगमा रियल मड्रिडले च्याम्पियन्स लिग र ला लिगाको उपाधि हात पारेको थियो ।
लियोनल मेस्सीले ७ र क्रिस्टियानो रोनाल्डाले ५ पटक यस अवार्ड जितेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया