काठमाडौं । नवौं बृहत राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्स ४ सय मिटर दौडमा एपिएफकी रमिताकुमारी थारुले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी छिन् ।
मंगलबार पोखरा रंगशालामा महिलातर्फ रमिताले ह्यान्ड टाइममा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जित्दा निर्धारित दूरी ५८.१० सेकेन्डमा पूरा गरिन् । रमिताको राष्ट्रिय खेलकुदमा पहिलो स्वर्ण पदक हो ।
रमिताले दिलमाया कार्कीको नाममा रहेको ५८.५० सेकेन्डको ह्यान्ड टाइमको कीर्तिमान तोडिन् । आर्मीकी निर्मला थापाले रजत जितिन् भने एपिएफकी कल्पना श्रेष्ठले कास्य पदक हात पारिन् ।
पुरुषतर्फको चार सय मिटरमा त्रिभुवन आर्मी क्लबका सोम कुमालले नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेका छन् । यसै विधामा एपिएफका आशिष चौधरीले रजत र आर्मीका प्रकाश दनुवारले कास्य पदक जिते ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया