काठमाडौं । युक्रेनी विदेशमन्त्री दिमित्रि कुलेबाले इरानमाथि प्रतिबन्ध लगाउन युरोपेली संघसँग आह्वान गरेका छन् ।राजधानी किभमा कामिकाजे ड्रोनको झुण्डले आक्रमण गरेको केही घण्टापछि, विदेशमन्त्री कुलेबाले यस्तो आह्वान गरेका हुन् ।
हमलामा कम्तीमा तीन जनाको मृत्यु हुनुका साथै ठूलो भौतिक क्षति भएको छ । रुसलाई ड्रोन उपलब्ध गराएकोमा इरानमाथि प्रतिबन्ध लगाउन (ईयु) लाई आह्वान गरेका हुन् ।
‘हवाई आक्रमणको साइरनका कारण बम आश्रयबाट इयुुलाई सम्बोधन गर्ने म सायद पहिलो विदेशमन्त्री हुँ । इयुुसँग थप हवाई रक्षा र बारूद आपूर्तिका लागि अनुरोध गर्छु । रुसलाई ड्रोन उपलब्ध गराएकोमा इरानमाथि प्रतिबन्ध लगाउन ईयूलाई आग्रह गर्छु । रुसमाथि ९औँ प्रतिबन्ध प्याकेज बलियो हुनुपर्छ ’, उनले ट्वीट गरेका छन् ।
युक्रेनको राजधानी किभमा भएको ड्रोन हमलाको पश्चिमा देशहरुले निन्दा गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया