गायक जेन्टल अधिकारीले ल्याए यस्तो गीत (भिडियो)

काठमाडौं । गायक जेन्टल अधिकारीले नयाँ गीत सार्वजनिक गरेका छन् । ‘घाँटी मेरो रेटे पनि’ बोलको गीत उनले युट्युबमार्फत सार्वजनिक गरेका हुन् ।

गीतको भिडियोमा पूर्वी नेपालका रमाइला दृश्यहरु समेटिएको छ भने प्रतीक श्रेष्ठ, कोपिला मैनाली, अश्मी कार्की र गायक अधिकारीले अभिनय देख्न सकिन्छ । अधिकारीको यो पहिलो गीत पनि हो ।

गीतमा संगीत गायक अधिकारीको नै रहेको छ भने शब्द हरिगोपाल अधिकारीले कोरेका हुन् । गीतको भिडियोलाई वीरेन्द्र कुमार शाहले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?