काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तरगत पौडी प्रतियोगितामा आर्मी च्याम्पियन बनेको छ । आर्मीले २० स्वर्ण, ९ रजत र ७ कास्य गरि ३६ पदक जित्दै आर्मी टिम च्याम्पियन बनेको हो । एनआरएनए ९ स्वर्ण, ६ रजत र १ कास्य गरि १६ पदकसहित दोस्रो र एपिएफ ३ स्वर्ण, ४ रजत र ६ कास्य गरि १३ पदकसहित तेस्रो भयो ।
अन्तिम दिन आर्मीले चार स्वर्ण पदक जितेको छ । आर्मीले महिला ४ सय मिटर फ्रिस्टाइल दुवाना लामाले स्वर्ण जितेकी छन् । उनले ४ मिनेट ४३ सेकेण्ड ९२ मिलिसेकेण्डमा पुरा गरीन् । पुलिसकी मिगन गुरुङले ५ मिनेट ४ सेकेण्ड ३८ मिलिसेकेण्डमा दुरी पार गर्दै रजत पदक जितिन् । त्यसैगरी, बाग्मती प्रदेशकी टिसा मर्हनले ५ मिनेट ७ सेकेन्ड ३६ मिलिसेकेण्डमा पुरा गर्दै कास्य पदक जितिन् ।
त्यसैगरी पुरुष ४ सय मिटर आइएम एनआरएनका आशिष सापकोटाले स्वर्ण जिते । उनले ४ मिनेट ३५ सेकेण्ड ३६ मिलिसेकेण्डमा पुरा गर्दै नयाँ कीर्तिमानसमेत राखेका छन् । प्रदेश १ का प्रारम्भ भण्डारीले ५ मिनेट १२ सेकेन्ड ९ मिलिसेकेण्डमा पुरा गर्दै रजत पदक जिते भने एपिएफका सुरेन् बहादुर सिंहले ५ मिनेट १२ सेकेण्ड१५ मिलिसेकेण्डमा पुरा गर्दै कास्य पदकमा चित्त बुझाए ।
महिला १ मिटर बेष्टस्ट्रोकमा आर्मीकी दुवाना लामाले १ मिनेट १६ सेकेण्ड ६३ मिलिसेकेण्डमा पुरा गर्दै स्वर्ण पदक जितिन् । उनले यो विधामा पनि नयाँ कीर्तिमान कायम गरेकी छन् । आर्मीकै उपस्ति मर्हजनले १ मिनेट २२ सेकेण्ड ३९ मिलिसेकेण्डमा पुरा गर्दै रजत पदक जितिन् । नेपाल पुलिसकी अदिप्सा वैद्यले १ मिनेट २२ सेकेण्ड ६७ मिलिसेकेण्डमा पुरा गर्दै कास्य पदक जितिन् ।
मंगलवार नै भएको पुरुष १०० मिटर बेष्टस्टोकमा प्रदेश १ का विकास कुमाले स्वर्ण जितेका छन् । उनले १ मिनेट ७ सेकेण्ड ९३ मिलिसेकेण्डमा पुरा गर्दै उनले कीर्तिमानी स्वर्ण जिते । त्यसैगरी आर्मीका नासिर हुसेनले १ मिनेट ८ सेकेण्ड ४६ मिलिसेकेण्डमा सक्दै रतज पदक जिते भने एनआरएनका आशिष सापकोटाले १ मिनेट ८ सेकेण्ड ८० मिलिसेकेण्डमा सक्दै कास्य पदक जिते ।
अर्को खेलमा पुरुष २ सय मिटर बटरफ्लाईमा एनआरएनएका आशिष सापकोटाले २ मिनेट ९ सेकेण्ड ४५ मिलिसेकेण्डमा पुरा गर्दै स्वर्ण जिते । उनले यो विधामा नयाँ कीर्तिमानसमेत कायम गरेका छन् । आर्मीका अनुभव सुब्बाले २ मिनेट २६ सेकेण्ड ६० मिलिसेकेण्डमा पुरा गर्दै रजत पदक जितेका छन् भने एपिएफका सुरेन्द्र बहादुर सिंहले २ मिनेट २७ सेकेण्ड ४५ सेकेण्डमा पुरा गर्दै कास्य पदकमा चित्त बुझाए ।
अर्को खेलमा महिला ५० मिटर फ्रिस्टाइलमा एनआरएनका आस्ले सापकोटा डङगोलले स्वर्ण पदक जितेकी छन् । उनले २७ सेकेण्ड ८९ मिलिसेकेण्डमा दुरी परा गरिन् । आर्की गौरीका सिंहले २८ सेकेण्ड २९ मिलिसेकेण्डमा दुरी पुरा गर्दै रजत पदक जितिन् भने २८ सेकेण्ड ७९ मिलिसेकेण्डमा दुरीपुरा गर्दै आर्र्मीकै अनुसैया तन्डुकारले कास्य पदक प्राप्त गरेकी छन् ।
पुरुष ५० मिटर पुरुष फ्रिस्टाइलमा आमीका अलेकजेण्डर शाहाले २३ सेकेण्ड ८७ मिलिसेकेण्डमा दुरि पुरा गर्दै स्वर्ण पदक जितेका छन् । त्यसैगरी पुलिसका शांखबहादुर रघुवंशीले २४ सेकेण्ड ५३ मिलिसेकेण्डमा दुरी पुरा गर्दै रजत र एपिएफका तेन्जीङ नाम्दी रयान गुरुङले २५ सेकेण्ड ८२ मिलिसेकेण्डमा पुरा गर्दै कास्यपदक जिते ।
४ सय मिटर फ्रिस्टाइल रिलेमा आर्मीले स्वर्ण, प्रहरीले रजत र बाग्मती प्रदेशले कास्य पदक प्राप्त गरेको छ । पौडी प्रतियोगितामा आर्मीका दुवाना लामाले ९ स्वर्ण, १ रजत सहित १० पदक जितेकी छन् भने अर्की नाजिर याया हुसेनले ७ स्वर्ण, २ रजत र १ कास्य सहित १० पदक जितेका छन् । एनआरएनका एस्लि सापकोटा डङगोलले ६ स्वर्ण, २ रजतसहित ८ पदक र आर्मीकी गौरीका सिंहले ५ स्वर्ण, १ रजतसहित ६ पदक जितेकी छन् । पौडी प्रतियोगितामा ५० स्वर्ण, ५० रतज र ५० कास्य पदकका लागि खेलाडीहरु प्रतिस्पर्धा गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया