काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले तिहारको अवसरमा आफ्ना ग्राहकहरूका लागि एक अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत ग्राहकहरूले कुनै पनि शाओमी, रेड्मी तथा पोको फोनको खरिदमा एमआई टीभी ४ एप्रो ३२ जित्ने मौका पाउने बताइएको छ । जसको नाम ‘१२ दिन १२ टिभी’ अफर दिइएको छ ।
यसबारे शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित कुमार पंडाले नेपालमा शाओमी लन्च भएदेखि नै फ्यानहरूबाट अप्रत्याशित माया र समर्थन पाएको बताएका छन् ।
तिहारको शुभ अवसरमा ग्राहकहरूका लागि ‘१२ दिन १२ टिभी’ अफर सुरु गर्न पाउँदा आफूहरु खुशी भएको र चाडपर्वको अवसर पारी ग्राहक वर्गमा उत्साह थप्न मी का फोन किन्न इच्छुकहरुका लागि मी को टिभी जित्ने अफर ल्याएको पंडाले बताए ।
अफरअन्तर्गत लक्की ड्रमा सहभागी हुनका लागि ग्राहकहरूले दिइएको क्युआर कोड स्क्यान वा ३१००७ मा आईएमईआई नम्बर पठाउनु पर्ने बताइएको छ ।
प्रत्येक दिन एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत एमआई टीभी ४ एप्रो ३२ टिभी जित्ने मौका पाउनेछन् । यो अफर कार्तिक २ गतेदेखि कार्तिक १३ गतेसम्म १२ दिनसम्म जारी रहनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया