काठमाडौं । उत्तरी बेलायतकोे म्यानचेस्टरस्थित वाणिज्य दूतावासको मैदानमा हङकङका प्रजातन्त्र समर्थक प्रदर्शनकारीमाथि आक्रमण गरिएपछि बेलायतको विदेश मन्त्रालयले चिनियाँ कार्यवाहक राजदूतलाई स्पष्टीकरण सोधेको छ ।
हङकङका प्रजातन्त्र समर्थक प्रदर्शनकारीलाई म्यानचेस्टरमा रहेको चिनियाँ वाणिज्य दूतावास नजिक कुटपिट भएको थियो । कुटपिटको बेलायतका कार्यकर्ता र सांसदहरूले छानबिनको माग गरिरहेका छन् ।
हङकङ आदिवासी रक्षा बल नामक प्रजातन्त्र समर्थक समूहले आइतबार बेइजिङमा भएको चिनियाँ कम्युनिष्ट पार्टीको महाअधिवेशनको विरोधमा उत्तरी सहरमा रहेको वाणिज्य दूतावास बाहिर विरोध प्रदर्शन गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया