काठमाडौं । सार्वजनिक बिदापछि खुलेको सेयर बजार परिसूचक (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ ।
साताको चौथोँ दिनसम्म आइपुग्दा सेयर बजार राताम्य रहँदै आएको छ। कारोबारको पहिलो र दोस्रो दिन सामान्य अंकले घटेको नेप्से तेस्रो दिन सार्वजनिक बिदाका कारण बन्द रहँदा चौथो दिन भने १२ दशमलव ८१ अंकले घटेर १ हजार ८ सय ४५ दशमलव ५१ को बिन्दुमा पुगेको छ ।
नेप्से परिसूचक शून्य दशमलव ६९ प्रतिशतले घट्दा कारोबार रकम ६४ करोड ३६ लाख ७ हजार ९ सय ७५ पुगेको छ । आज २ सय १६ कम्पनिको २१ लाख ५१ हजार ७ सय १४ कित्ता सेयर कारोबार भएको थियो ।
उता, सेनसेटिभतर्फ पनि २ दशमलव ६६ अंकको गिरावट आएको छ । यो सँगै सेनसेटिभ विन्दु ३ सय ६२ दशमलव ९६ मा पुगेको हो । आज, होटल र पर्यटन तथा म्युचल फन्डको सहायक सूचक हरियो देखिएपनि अन्य क्षेत्र राताम्य छन् ।
आज पनि अभियान लगुवित्त ८ सय ८८ दशमदव ८० अंकसहित धेरै नाफा कमाउने संस्था बन्दा पिपुल्स पावर लिमिटेड ९हाइड्रो० २ सय १३ अंकसहित कम कारोबार हुने संस्थाको शिर्ष स्थानमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया